२ भाद्र २०७९, बिहीबार

१६औं पटक अनशन बसेका डा.केसी को स्वास्थ्यमा समस्या

इलाम २८, पुष,

पटकपटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा फेरि पनि समस्या देखिएको छ । सरकारले आफूसंग भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनले इलाममा १६ औं सत्याग्रह सुरु गरेका छन् । उनको स्वास्थ्यमा विहिवारदेखि नै समस्या देखिएको थियो । उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने जस्ता समस्या देखिन थालेको छ ।

डा. केसीको अघिल्लो सत्याग्रहको फोटो

राति समस्या देखिएपछि इलाममा रहेको अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। परिक्षणका क्रममा उनको ब्लड प्रेसर घटेको र ग्लुकोजको मात्रा पनि निकै कम थियो। रगत परीक्षण गर्न चिकित्सकको टोलीले अनुरोध गरेपनि डा केसीले त्यसको अस्वीकार गरेका कारण विहिवार उनको रगत परिक्षण हुन सकेको थिएन ।

शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपनि बिहान रगतको नमूना लगिएको थियो। डा. रामकृष्ण आचार्यले डा. केसीको ब्ल्डप्रेसर निक्कै कम र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी दिनुभयो । तर शुक्रवार दिउसो भने उनको स्वास्थ्यमा रातिमा जस्तो समस्या नआएको डा. आचार्यले बताउनु भयो ।

डा. केसीले सरकार इमान्दार नभएकाले १६औं सत्याग्रह बस्नु परेको बताउनु भयो । उहाँले आफुसङ माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भएपनि यसमा निश्चित नीजि मेडिकल कलेजमा केहि नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरिरहेरिरहेको बताउनु भयो ।

डा. केसीले आफुलाइ मात्र होइन सिङ्गो तीन करोड नेपालीसँग सरकारले वेइमानी गरेको पनि गुनासो गरेका छन्। चिकित्सा शिक्षा विधेयकमा माफियामूखी बुँदा राखेको उनको आरोप छ। उनले सम्झौतालाई तोडमोड गरेर माफियाको पक्षमा ल्याउन लागेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख