१८ जेष्ठ २०७७, आईतवार

राष्ट्रिय संकटमा सामाजिक कार्यकर्ताको ५ महत्वपूर्ण भुमिका

लकडाउन कहानी – ६

सामाजिक कार्यकर्ताहरु समाजको अति घनिष्ट साथी हुन । सायद सामाजिक कार्यकर्ताहरु नभएको समाज आज कल्पना गर्न सकिदैन पनि । समाजमा बिभिन्न विचार, स्वार्थ र अभिप्रार्य भएका मानिसहरु हुन्छन । त्यस्तै बिभिन्न क्षमता भएका पनि हुन्छन र बिभिन्न बर्ग, धर्म, संस्कृती भएका पनि हुन्छन । यही अनेकता विचमा समाजलाई एकतामा जोड्ने काममा सामाजिक कार्यकर्ताहरुको महत्वपूर्ण जिम्मेदारी रहेको हुन्छ । हामीले यसलाई समाज सेवा भनेर बुझ्ने गरेका छौं । हुन पनि हो, सामाजिक अनेकतालाई जोड्ने एक आधार समाज सेवा र सामाजिक कार्यकर्ता हुन ।

जब जब समाजमा अथवा राष्ट्रमा बिपत्ती अथवा आपतको अबस्था आउँछ त्यसबेला झन सामाजिक कार्यक्रर्ताहरुको ठूलो भुमिका हुने गर्दछ । हामीले यो ५० बर्षको इतिहासमा धेरै बिपत्तिहरु भोगेका छौ र देखेका पनि छौं । विशेष गरि राजनितीक आन्दोलनले हाम्रो देशलाई थङथिलो परेको थियो, २०१५ को भुकम्प अनि बर्षेनी आउने बाढिपिडित जस्ता बिपत्ति नेपालले सधै व्यहोरी रहेकोछ । अहिले हामी कोरानाको महामारीसँग जुधिरहेकाछौं । हुनत यो नेपालको मात्र समस्या नभएर बिश्वको सम्स्याको रुपमा उभिएकोछ भने हामी जस्ता गरिब मुलुक भन्दा ठूलो र शक्तीशाली भन्ने देशहरुलाई झन हावाकावा खेलाई रहेको छ । यस परिपेक्ष्यमा एक सामाजिक कार्यकताले यस प्रकारका राष्ट्रिय संकटहरुमा निभाउनु पर्ने ५ भुमिका बारे यो लेखमा छलफलको लागी पस्कन्छु ।

सामाजिक अभियन्ता विच समन्यव

आफ्नो क्षेत्रमा कार्यरत सबै सामाजिक अभियान्ताहरुको पहिचान गर्ने र उनीहरु विच एकिकृत समुह बनाउने अति अबस्यक हुन्छ र यो अति महत्वपूर्ण छ । त्यस क्षेत्रका सबै सामाजिक कार्यकर्ताहरुले भिन्न भिन्न तरीकाले काम गरि रहेका हुन्छन, यस अबस्थामा ति सबै कामहरुलाई एकिकृत र सामुहीक रुप गर्न सकियो भने सामाजिक कार्यहरु झन प्रभावकारी हुन्छन् । एकले थुकि सुकि सयले थुकी नदि भने जस्तो यस प्रकारको एकिकृत र सामुहीक कार्यबाट एक एक्लै गरको कार्यहरु बढि मात्रमा समेत गर्न सकिन्छ ।

यस प्रकारको एकिकृत अभियानहरुबाट एक अर्को विच डुप्लिकेशन हुदैन भने बास्तिविक समस्यमा परेका व्यक्तिहरुको पहिचान गर्न पनि सजिलो हुन्छ । सरकार सबै ठाउमा पुग्न नसक्ने र त्यस अबस्थामा त्यो जिम्मा हामी सामाजिक कार्यकताहरुको हुन्छ, यो जिम्मेदारीलाई गहन रुपमा आत्मसाथ गर्नु पर्ने हुन्छ ।

आज हामी कोरोनाको माहामारीसँग लडिरहेको अबस्थालाई एक अबसरको रुपमा समेत सामाजिक कार्यकर्ताहरुले लिएर कम्तीमा वडास्तरीय सामाजिक कार्यकर्ताहरु तथा संलग्न संघ संस्थाहरु विच समन्वय गर्न सकेमा आउदा दिनहरुमा समेत आउने विपत व्यवस्थापनमा एकिकृत र सामुहिक अभियान संचालन गर्न सजिलो हुन्छ ।

विशेष अबस्थाका व्यक्तिहरुकोलाई विशेष व्यवस्थापन

संकट, महामारी र बिपत्तिको समयमा बालबालिका, महिला, जेष्ठ नागरिक तथा विकालांङहरु बढि पिडित, वेवारीस र वेवास्ता हुने गर्दछन र यस अबस्थामा उनीहरु आफै आप्mनो सुरक्षा समेत गर्न नसक्ने हुन्छन । कनै पनि राष्ट्रिय बिपत्तिमा सम्बन्धीत निकायहरु विविध कारणले व्यस्त हुने र उनीहरुको ध्यान चाहदा चाहादै पनि नपुगेको हुने हुनाले यस परिस्थितीलाई सामाजिक कार्यकर्ताहरुले विशेष ध्यान दिई यिनीहरुको उचित व्यवस्थापनको लागी सम्बन्धीत निकाय, परिबार तथा समुदायलाई घचघचाउने र उनीहरुलाई यस विषयमा ध्यान दिन प्रेरित गर्ने पर्ने हुन्छ ।

मनोबैज्ञानिक व्यवस्थापनमा जोड

सानो सहयोग, मयालु बचन, प्रेरक प्रोत्साहन जस्ता मानविय भावनाहरु यस प्रकारको सन्त्रास, भयभित र अन्यौलको बातबरणमा ठूलो साहारा हुनसक्छ यसकारण आफ्नो समुदायमा यि मानविय भावनाहरुलाई अगाडि बढाउनु सामाजिक कार्यकर्ताको दायित्व हो ।

बिपतमा मुख्यगरी दैनिक श्रम गरि गुजारा गरिरहेका नागरिकहरुलाई सानो सहयोग पनि ठूलो महत्व हुन्छ त्यसकारण जे जस्तो सहयोग जुटाउन सकिन्छ, जति सकिन्छ, केही न केही सहयोग गर्ने र उनीहरुलाई आबश्यक सहयोगको लागी सम्बन्धीत निकायहरुमा समेत जानकारी दिई सहयोग गर्नु पर्ने हुन्छ । हामी सामाजिक कार्यक्रर्ताहरु धनका होइनन् मनका धनी हुनु जरुरी छ ।

यस अबस्थामा गतल समाचार, भ्रमित विचारहरु पनि प्रशारीत हुने र सामाजिक संजालहरु जुन हिजोआज एक अफवाह फैलाउने माध्यम भएको छ । यस प्रकारको अफवाहबाट सामाजलाई बचाउने काममा सामाजिक कार्यकर्ताहरुको ठुलो महत्व हुन्छ । समाजमा वितेका यस्ता विपत्तीहरुमा पारीवारीक कलह, अपराध, नैराश्यता, आत्महत्या जस्ता प्रबृद्धिहरु बढ्ने हुदाँ मनोबैज्ञानिक व्यवस्थापन विपत्तीको समयमा एक अति महत्वपूर्ण हुन्छ । यो अबस्थामा बालबालिका, महिला, जेष्ठ नागरिक तथा विकालांङहरुमा नैराश्यता तथा क्रास बढि हुने हुदाँ उनीहरुलाई मनोबैज्ञानिक सेवा समेतको व्यवस्थापन गर्न जरुरी हुन्छ । यो अबस्थाबाट समुदायलाई बचाउनु सामाजिक कार्यकर्ताको महत्वपूर्ण जिम्मेदारी हो ।

समुदायिक निगरानी

सामाजिक कार्यकर्ताको अर्को महत्वपूर्ण जिम्मेदारी समुदायिक निगरानी हो । सामाजिक विपत्ति, अभाव र संकटको समयमा केही असामाजिक व्यक्ति, व्यवसायीहरुले यस विषम परिस्थिीतीको फाईदा उठाई समाजमा कालोबजारी, मूल्यबृद्धी, नियोजितरुपमा बस्तुहरुको अभाब सिर्जना गर्ने गर्दछन् ।

यस प्रकारको असामाजिक व्यक्ति तथा तत्वहरुको सूष्म निगरानी बढाउने र यस प्रकारको गतिविधीहरु जहाँ जसले गरेकोछ, ति व्यक्ति तथा व्यवसायीहरुको जनकारी सम्बन्धीत निकायमा दिई उनीहरुलाई यस प्रकारको असामाजिक कार्य गर्न रोक्नुको लागी सहयोग गर्ने एक अति नै महत्वपूर्ण जिम्मेदारी सामाजिक कार्यकर्ताहरुको हुन्छ ।

सरकारको निगरानी

हामी सामाजिक कार्यकर्ताहरुको अर्को मुख्य जिम्मेदारी सरकारको निगरानी गर्नु पनि हो । स्थानिय स्तरमा गएका राहत तथा सहयोग समाग्रीहरुको उचित सदुपयोग भए नभएको, ति समाग्रीहरु जसको लागी आएको हो, सोही समुदायमा पुगेको नपुगेको र वितरणमा पारदर्शिता र समानुपातिक भएको नभएको कुराको उचित निगरानी राखी त्यस्तो नभए नगरेको पाएमा सचेत गराउने र सम्बन्धीत निकाय तथा पत्रकारहरुलाई जानकारी गराउनु पनि एक महत्वपूर्ण जिम्मेदारी हो ।

हाम्रो जस्तो नैतिक मूल्य अति कम भएको सामाजमा स्थानिय स्तरमा होस वा केन्द्रिय स्तरका सरकार तथा प्रशासनीक व्यक्तिहरुले नागरिक तथा राज्यकोषहरुको दुरुपयोग गर्ने हामीले सधै व्यहोरेको छौ । यसो हुनुमा मुख्यतः हामी जनताको सोझोपन र शसक्त प्रतिकारको कमी पनि हो । यस प्रकारको गलत कामहरु भएको कुरामा स्पष्टसँग समाना गर्न र ति अधिकारीहरुलाई सचेत गराउनु जरुरी हुन्छ । आम नगरिकहरु निरिह र आफै समेत सचेत नहुने यस अबस्थामा सम्बन्धीत निकाय तथा व्यक्तिहरुलाई उनीहरुको सामाजिक दायित्व बारे चेत गराउनु एक सामाजिक सामाजिक कार्यकर्ताको महात्वपुर्ण जिम्मेदारी हुन्छ । सामाजिक कार्यकर्ताहरुको अथक निगरानी तथा सजकताबाट मात्र यस प्रकारका असामाजिक, अनैतिक काम रोक्न सकिन्छ ।

मनोज कुमार कँडेल
(अधिबत्ता/बालअधिकारकर्मी)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता