२ भाद्र २०७९, बिहीबार

गाईलाई लगाईदिए एक किसानले आफ्नै पत्नीको ब्रा !

स्कटल्यान्डका एक किसानले गाईको हितका लागि भन्दै गाईलाई ब्रा लगाई दिएका छन् । उक्त तस्वीर अहिले भाइरल भइरहेको छ । गाईका चारवटा थुन हुन्छन् र बाच्छाबाच्छी पछिल्लो थुनबाट दूध पिउन मन पराउँदैनन् । अगाडिको थुनबाट दूध पिएर उनीहरू पछिल्लो थुन छोडिदिन्छन् । तर चारै थुनबाट दूध आएन भने सुन्निन्छ । त्यसलाई मस्टिसिस भनिन्छ ।

महिलाको स्तनमा पीडा भएजस्तै गाईलाई पनि पीडा हुन्छ । स्कटल्यान्डका स्थानीय जनावरमा यो रोग सामान्य छ । गाईलाई भएको समस्या देखेपछि किसानले अघिल्लो थुन छोपेमा काम बन्ने ठाने । त्यसपछि उनले अघिल्ला दुई थुनलाई आफ्नी पत्नीको ब्राले ढाकिदिए ।किसानको यो उपायले गाईको स्वास्थ्य खराब हुनबाट बचाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख