१६ जेष्ठ २०७७, शुक्रबार

हिम्मत भए सञ्चो हुन्छः कोरोनामुक्त विक

लम्की । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कनुभएको हो ।

चैत १० गते धनगढीको गौरीफन्टा पुग्नुभएका उहाँ लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुग्नुभएको थियो । घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्नुभएका उहाँको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा राखी उपचार शुरु गरिएको हो ।

स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुग्नुभएको कोरोना विजेतासंँग राससकर्मी दुर्गा देवकोटाले गर्नुभएको कुराकानीको अंशः १. आइसोलेशनमा तपाईँको दिनचर्या कसरी बित्यो ? म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु । नयांँ जीवन पाएजस्तै लागेको छ । अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थँे, फोनमा धेरै साथीहरुसंँग कुराकानी गर्थेँ । अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढेंँ ।

अस्पतालमा हामी पांँच जना संक्रमित थियाँैं । हामीलाई अलगअलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्याैँ । एक अर्काका समस्याबारे जानकारी लिन्थ्यौंँ । हामी सबैलाई खासै समस्या थिएन । २. डाक्टर र नर्सको व्यवहार कस्तो पाउनुभयो ? डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्यालबाटै दिन्थे । फोन गरेर पटकपटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे ।

एकदिन भने एक जना डाक्टर मेरो नजीकै आउनुभएको थियो । उहांँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईँको साथमा छौंँ भन्नुभयो, निकै खुशी लागेको थियो । ३. कत्तिको डराउनुभएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ? कोभिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ । संक्रमण भयो भनेपछि मलाई तनाव भयो । हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नुपर्छ भन्ने लाग्दोरहेछ ।

जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंँ । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहेछ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि संक्रमण देखियो भनेपछि अलि डराएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् । ४. तपाईँलाई केके लक्षण देखिएको थियो ? मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन् ।

म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिएपछि शुरुका केही दिन त मैले डाक्टरहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरँें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् । ५. अब कसरी बस्नुहुन्छ ? म विपन्न परिवारको मानिस हुंँ । म भारतको होटलमा खाना पकाउने काम गर्थेँ । मैले कमाएर मेरो घर चलेको छ । अहिले त केही दिन छुट्टै बस्छु । घरमा आफैँ पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु ।

म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भनेअनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ? ६. कोभिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ ? मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटकपटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस् ।

लकडाउन पालना गराँैं । सकेसम्म एक आपसमा टाढा रहाँैं । संक्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । कोरोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन् । नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्कीचुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता