४ भाद्र २०७९, शनिबार

गोर्खा आवाजका संवाददाता राजेश तिमल्सिनाले हास्यव्यङ्गय टेलिसिरियलमा नक्कली प्रचण्डकाे भूमिका निभाउनु हुने घनश्याम गाैतमसंगकाे कुराकानी

वि.सं.२०३८ असाेज १५ गते पिता गंगा प्रसाद गाैतम र माता नरबदा गाैतमकाे काेखबाट गाैराहदह झापामा जन्मिएका हास्यव्यङ्गय टेलिसिरियलमा नक्कली प्रचण्डकाे भुमिका निमाउनु हुने घनस्याम गाैतम संगकाे कुराकानी :-

१.तपाई अाजभाेली के मा व्यस्त हुनुहुन्छ ?
:-शुटिङ,स्टेज कार्यक्रम ,युटुबकाे लागि टक साे कार्यक्रम , लगायत विद्यार्थीलाई अभिनय सिकाउने काममा व्यस्त छु।

३.तपाईं कलाकारिता क्षेत्रमा लाग्नुभएकाे कति भयाे ?
:-काम धेरै गरियाे कलाकारिता र साहित्य , लेखन प्रशिक्षण मै २५ बर्ष बितेछ!
४.याे कलाकारिता क्षेत्रमा लाग्नकाे लागि कसले साथ दिनु भया?
:-प्रेरणा दिने भन्दा पनि मेराे ईच्छा शक्ति र मेराे लगनशिलताले म यहाँ सम्म अाइपुगेँ!! मेराे ठुलाे मामा र अामाकाे पनि केही प्रेरणा पाएँ!! र मेराे जिवनसँगिनिकाे सपाेर्ट पनि पाएँ!
५.२५वर्ष देखि याे क्षेत्रमा हाेमिदा के कस्ता अप्ठ्यारो परिस्थिति सिर्जना भयाे?

:-समस्या हरेक ठाउमा हुन्छन चुनाैती हरेक क्षेत्रमा हुन्छन तर ती सबैकाे सामना गरेर सँघर्स गरेर अाएकाे मान्छेले मात्र सफलता हात पार्छ! र मैले पनि कयाैँ अप्ठ्यारा बाधा अवराेध हरु चिरेर यहाँ सम्म अाइपुगेँ! सजिलाे मात्र जिन्दगी हाेइन अप्ठ्याराे र सँघर्ष पनि जिन्दगी!! हाे अभाव र बिलासी दुबै कुराकाे अनुभव छ!
६.कमाई कतिकाे हुन्छ?
:-कमाई त राम्रै छ ,म खुसि छु मेरा ईच्छाहरू परिपुर्ति गरेकाे छु ।
७.याे समयसम्म अाईपु्ग्दा कलाकार र सामान्य मानिसहरूसंग तुलना गर्दा के फरक पाउनु भयाे ?
:-सामान्य मानिसकाे जीवन अाम जीवन हाे!! सबै कलाकार हुन सक्दैनन्! तर कलाकार हरेक मान्छेकाे जीवन बाच्न सक्छ र बाचेकाे हुन्छ! मानिस सबै जन्मने बित्तिकै साधारण मान्छे हुन्छ तर उसकाे कर्मले उसलाई विभिन्न पदबी दिन्छ जस्तै कलाकार, गायककार, डक्टर। त्यसैले कलाकार साधना र त्यागले मात्र बनिन्छ!कलाकार मर्छ तर कला सधै अमर हुन्छ ।

८.तपाईकाे रमाईलाे अनि अविस्मरणीय दिन ?
: कसैले मलाई चिन्नु हुन्न थ्याे अहिले नक्कलि प्रचण्ड भनेर चिन्नु हुन्छ।पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) मेराे मिमिकृ गर्ने काे रहेछ भनेर मलाई भेट्न अाउनु भएकाे थ्याे याे नै मेराे जिवनकाे अविस्मरणीय क्षण हाे जस्ताे लाग्छ।
९.तपाईले गर्नुभए मध्यमा सुपरहिट भएकाे सिरियल कुन हाे?
:-मलाई मेरि बास्सैबाट चाहिँ सबैले चिन्न सफल हुनुभयाे।तिताेसत्य,भद्रगाेल ,ट्वाकेन्द्रनिवास, जस्ता थुप्रै सिरियलमा काम गरि सके।

१०.सबैभन्दा दिक्क लाग्ने काम ?
:-दिक्कलाग्ने काम त खासै छैन तर कसैलाई पर्खनु पर्दाकाे क्षेण साह्रै दिक्क लाग्छ ।
१२.फुर्सदकाे समय कतिकाे निस्कन्छ अनि फुर्सदको समय के कुरामा सदुपयाेग गर्नुहुन्छ ?
:-फुर्सदमा सायरीहरू पढ्ने ,साहित्यिक लेख रचना गर्ने गर्छु
१३.नेपालकाे कतिवटा जिल्ला घुमफिर गर्नु भयाे ?मन परेकाे ठाउँ कुन हाे ?
:-प्राय सबै घुमेकाे छु ।धरान ,पाेखरा,पाल्पा,गाेरखा चाहिँ मलाई मन पर्ने शहर हाे।

१४.नेपाल सरकारले तपाईलाई मन्त्रि बनाउने अफर दिए कुन मन्त्री बन्नुहुन्छ ?यसकाे कारण के हाे नि ?
:-म प्रधानमन्त्री नै बन्ने थिएँ! अरु मन्त्रीले खासै केही गर्न सक्ने अधिकार हुन्न! सबै भन्दा पहिला! देशमा भएका दुरुपयाेग भएका चल अचल सम्पत्ती राष्टियकरण गर्थे! र एउटा बलियाे सँयन्त्र बनाएर देशकाे बिकाशका लागि प्रयाेग गर्थे!! सबै भन्दा पहिले कर्मचारी भित्रकाे बिकृति हटाएर एउटा जनतामैत्री कार्यालय निर्माण गर्थे बाटाे घाटाे र पानी बत्ति सबै तिर पुर्याउन सबैकामछाेडेर लाग्थ्ये! एक बर्ष सम्म अाफन्त नाताबाद र चाकडी गर्ने काेहि सँग नभेटी काम गर्थे!! काम गर्ने मात्र हाेइन सँग सँगै निरिक्षण गरिरहन्थ्य देशका खाेलानाला! बाट जलबिधुतका लागि जनता सँग पैसा उठाएर जनतालाइ नै मुनाफा बाढ्थे! र ठुलाे अन्तराष्ट्रिय स्तरकाे जडिबुटी प्रशाेधन गर्थे।केन्द्र र प्रयाेगशाला निर्माण गरि बिदेशमा अाैषधि निर्यात गरेर देशलाई अात्म निर्भर बनाउथे!!
१५.देश तथा विदेशकाे यात्रा गर्नु भयाे कि छैन ?
:- यात्रा गरेकाे छु! कार्यक्रमहरु धेरै तिर मन पराएका छन् तर अाजभाेली बिदेशमा कार्यक्रम गर्न जान पनि निकै राजनिति हुन्छ दुई दिन अगाडि अाफ्नाे नाम हुन्छ दुई दिन पछाडी पैसा हालेर कलाकार बन्न जानेकाे नाम हुन्छ चाकडी गर्न जान्दिन लगानी गरेर जान चाहान्न! त्यसैले त्यति धेरै बिदेश यात्रागर्न पाएकाे छैन ।

१६.तपाईलाई अाफ्नाे कुन बानी व्यवहारा खराब लाग्छ ?
:-म सबैलाई चाडै बिश्वास गर्छु! र जहिल्यै धाेखा खान्छु अरूलाइ पनि अाफु जस्तै ठान्छु तर सबै अवसरवादी भेट्छु! चाँडै बिश्वास गर्ने मेराे बानी खराब लाग्छ!
१७:- फ्यान फलाेअर त धेरै छन हाेला ,विहे चाहिँ भयाे कि नाई ?
:-एउटा कलाकार हुनुकाे गर्व नै फ्यान फलाेअरमा छ ,उहाहरूकाे माया साथ र हाैसलाले गर्दा याे ठाउँ सम्म अाउन सफल भए।विवाह पनि भएकाे छ कलाकारिता क्षेत्रमा लागेकाे श्रीमती पाएकमे छु।

१८हजुरलाई मन पर्ने कलाकार चाहिँ काे हाे नि?
:- मलाई सबै कलाकारहरू राम्राे लाग्छ ।
१९.-अन्तिममा के भन्न चाहानुहुन्छ ?
:- अन्त्यमा मलाइ माया गरेर प्रचण्ड बनाइ दिनु भयाे! सबैले माया दिनु भयाे त्याे मायाकाे लागि सधै अाभारी छु!! याे माया निरन्तर पाइयाेस! अझ धेरै राम्राे काम गरेर दर्शकलाइ सधै हँसाइ रहन पाइयाेस! देशकाे नाम राख्न पाइयाेस सबैलाइ धन्यवाद र तपाईं राजेश तिमल्सिना जी र तपाइकाे पत्रिकालाइ पनि धन्यवाद दिन चाहान्छु । गाेर्खा अावाजमा मेराे मनकाे खुल्दुलिलाई थाेरै ठाउँ दिएर प्रकाशन गर्नु भएकाे गाेर्खा अावाज परिवारलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछु।सबै स्राेताकाे माया ममता साथ र विश्वासले म यहाँ सम्म पुगे अझै धेरै माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेकाे छु ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख