२ भाद्र २०७९, बिहीबार

१ सय घण्टासम्म लगातार भाषण, भंग भयो नेपालीको कीर्तिमान

भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका यतिश चन्द्र शुक्ला नाम गरेका एक युवकले सबैभन्दा लामो समय (लगातार १ सय घण्टा) सम्म भाषण गरेर विश्व कीर्तिमान गरेका छन् । उक्त युवकको नाम अब गिनिज बुकमा लेखिनेछ । यतिशतले बुधबार बिहान साढे १० बजेबाट भाषण सुरु गरेका यतिशले लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरे । उक्त कार्यक्रमको गिनिज बुकका अधिकारीहरुले अनलाइनमार्फत अनुगमन गरेका थिए ।

उनले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गर्नेछन् ।

सय घण्टासम्म भाषण गरी विश्व कीर्तिमान गर्ने यी युवकले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा पहिलानै अर्को कीर्तिमान लेखाइसकेका छन् ।

यतिमात्र होइन उनले सबैभन्दा लामो समयसम्म पढाउने कीर्तिमान राखेका छन् । उनले लगातार १ सय ४८ धण्टासम्म पढाएका थिए ।

त्यस्तै १ सय २३ घण्टासम्म लगातार पढेर पनि उनले गिनिज बुकमा नाम लेखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख