२ भाद्र २०७९, बिहीबार

मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले गरिन् सनसनीपूर्ण खुलासा

मिस वर्ल्ड प्रतियोगितामा सहभागी मिस नेपाल श्रृखला खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर पर्यटन वर्ष २०२० सफल बनाउने योजना समेत सुनाउनुभएको छ ।

मिस नेपाल वर्ल्ड श्रृखला खतिवडा हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आफ्ना योजना सुनाउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटमा लिएका सेल्फीसहित केही तस्बिरहरु सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गर्दै श्रृखलाले प्रधामन्त्री ओलीसँग निर्मला पन्तको घटना लगायत केही महत्वपूर्ण विषयमा समेत छलफल भएको जानकारी गराउनुभयो । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधामन्त्रीज्युले निर्मला पन्तको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ’ उहाँले जतिसक्दो चाडैं ‘मुद्दाको किनारा लगाउन आफ्नो क्षेत्रबाट सक्दो प्रयास र गम्भीर भयर लागी परेको समेत जानकारी गराउनु भयो ।


मिस नेपाल श्रृखला खतिवडा फ्रान्सको सदभावना दूत समेत बनेकी छन् ।नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका लागि विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा भएको प्रतिनिधि मण्डलले बुधबार सम्पन्न दुई पक्षीय परामर्श बैठकपछि खतिवडालाई सदभावना दूत घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख