१ आश्विन २०७८, शुक्रबार

यसो गर्नुहोस् : अनिष्ट ग्रहगोचरको प्रभाव कम गर्न

ज्योतिष शास्त्रको महत्त्व वैदिक कालदेखि नै रहिआएको छ । मान्छेको जन्मकालमा रहेको ग्रहको आकाशीय अवस्थितिलाई चित्रण गरिएको टिप्पनलाई नै कुण्डली भन्ने गरिन्छ ।कुण्डलीमा स्थित अरिष्ट ग्रहको दुष्प्रभाव कम गर्नलाई निम्न उपायहरू अवलम्बन गर्न सकिने ज्योतिषहरुको कथन पाइन्छ ।

*शाकाहारी हुनु

*मंगलबार हुनुमानको दर्शन तथा हनुमानचालिसा पाठ गर्नु
*शनिबार पिपलमा जल चढाउनु
*शनिबार भैरव,, बटुक भैरव वा शंकटा मन्दिरको दर्शन गर्नु
*आइतबार कपालमा तोरी सर्स्युको तेल नलाउनु
*झुठो नबोल्नु
*योगि, महात्मा तथा गरिब असहायको सहयोग गर्नु
*योगि, महात्मा तथा मान्यजनले भनेको मान्नु
*देवता, गुरु र ब्राम्हणको आदर भाव गर्नु
*यज्ञ होम आदिको दर्शन गर्नु एवं मन शुद्ध राख्नु
*जप तथा दानमा मन दिनु

“देवब्राम्हण बन्दनात् गुरु वच: संपादनात्प्रत्यहं ।
साधूनामपि भाषणा श्रुतिसुखाच्श्रेय: कथाकर्णनात् ।।
होमादध्वर दर्शनाच्शुचिमनो भावाज्जपाद् दानतो ।

नो कुर्वन्ति कदाचिदेव पुरुषस्यैव ग्रहा: पीडनम् ।।”
हचुवाको भरमा राशिको औठी लगाउनु भन्दा आफ्नो कुण्डलीमा कुनै ग्रह बिग्रिएको भए सोही अनुरुपको औठी बिधिपूर्वक लगाउनाले पनि अरिष्ट नाश हुन्छ !!

नवग्रह तान्त्रिक जपमन्त्र :

ॐ घृणि सूर्याय नम: (७ हजार)

ॐ सों सोमाय नम: (११ हजार)
ॐ अं अंगारकाय नम: (७ हजार)
ॐ बुं बुधाय नम: (८ हजार)
ॐ बृं बृहस्पतये नम: (१० हजार)
ॐ शुं शुक्राय नम: (१६ हजार)
ॐ शं शनैस्चराय नम: (२३ हजार)
ॐ रां राहवे नम: (१८ हजार)
ॐ कें केतवे नम: (१७ हजार)
योगिनी जप मन्त्र:
मंगला:- ॐ ह्रीं मंगले मंगलाय स्वाहा

पिंगला:- ॐ ग्लौ पिंगले वैरिकारिण प्रसीद फट् स्वाहा

धान्या:- ॐ श्री धनदे धान्ये स्वाहा

भ्रामरी:- ॐ भ्रामरी जगतामधीश्वरी भ्रामरी क्लिं स्वाहा
भद्रिका:- ॐ भद्रिके भद्रं देही अभद्रं नाशय स्वाहा

उल्का:- ॐ उल्के मम रोगं नाशाय ज्रिंभय स्वाहा

सिद्धा:- ॐ ह्रीं सिद्धमे सर्वमानस साधय स्वाहा
संकटा: ॐ ह्रीं संकटे मम रोग नाशाय स्वाहा !!
प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख