२ भाद्र २०७९, बिहीबार

चिसोमा हातखुट्टा फुट्ने र सुनिने समस्या : यस्ता छन् जोगाउने उपाय

जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ । चिसोले गर्दा हातखुट्टा सुन्निने, एलर्जी हुने, चायापोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा फुट्ने, सुक्खा हुने, चिलाउने जस्ता समस्याले दुःख दिन्छ। त्यसमध्ये ‘चिलब्लेन्स’ वा ‘पेर्नियो’ भन्ने समस्याले पनि जाडो महिनामा मानिसलाई दुःख दिनेगर्छ। यसलाई खासगरी हातगोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने आदि समस्याका रुपमा बुझिन्छ।



लक्षणहरु :

• जुन भागमा चिसोको मात्र बढी हुन्छ, त्यहाँ चिलाउने समस्या हुन सक्छ,
• चिलाउने ठाउँमा पोल्ने, सुन्निने, दुख्ने र रातो हुँदै बिस्तारै गाढा निलो हुने गर्छ,
• हातखुट्टा झमझम गर्छ,
• पानीको फोका आउन थाल्छ,
• त्यसलाई समयमै स्याहार नगरे फुटेर घाउ बन्छ। समयमै उपचार नगरे घाउ बढेर विकराल अवस्था समेत हुन सक्छ ।

यसबाट कसरी बच्ने ?

यो रोगबाट बच्न चिसोदेखि जोगिनु नै पहिलो प्राथमिक उपाय हो । चिसोमा काम गर्नु वा खेल्नुपरेमा गोडामा मोजा र हातमा पन्जा लगाउनुपर्छ। यदि पानीमा काम गर्नुपर्ने अवस्थामा पन्जा लगाउन नमिले मनतातो पानीका काम गर्नुपर्छ।

चिसोबाट आएपछि एक्कासी तातोमा हातखुट्टा सेक्नु हुँदैन। चिसोबाट आउँदा तातोमा हातखुट्टा सेकाउँदा ठिक हुन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ, त्यो गलत हो। चिलब्लेन्सले दुःख दिएको छ भने हामीले हातगोडा सेकाउनुभन्दा पनि मालिस गर्नु उपयुक्त हो। रगत सर्कुलेसनलाई बढाउने उपाय लगाउनुपर्छ। यस्तै, मनतातो पानीमा हातखुट्टा डुबायो भने पनि रगत सञ्चालनमा सहज हुन्छ। यस्तै, लोसन प्रयोग गरेर मालिस गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

घरेलु उपायले यो रोग निको भएन भने औषधि सेवन गर्न पनि सकिन्छ। तर, अर्को सिचो मौसममा फेरि समस्या बल्झिन सक्छ। त्यसैले यसको मुख्य उपचार भनेकै हातगोडा, कपडाले नछोप्ने अंगलाई सकेसम्म तातो बनाएर राख्ने र मोस्चराइजिङ क्रिमले मालिस गर्ने नै हो।

यसले धेरै दुःख दिएमा तुरुन्तै उपचार गर्नुपर्छ, नत्र ठूलो घाउ बनेर थप दुःख दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख