२ भाद्र २०७९, बिहीबार

तपाईंको स्मार्टफोनले निर्धारण गर्छ तपाईंको व्यक्तित्व

मानिसले आफ्नो इक्षा आकाङ्क्षा र व्यक्तित्व झल्किने किसिमको सामान छनोट गर्छन। उनीहरुले छनोट गरेको सामानले व्यक्तित्व पहिचान गर्न सकिन्छ।
शोधकर्ताहरू यसलाई व्यक्तिले आफ्ना रुचि बेरुचिका विषयमा आफ्नो छनौट प्रस्तुत गरेर आफूलाई खुला रुपमा अभिव्यक्त हुन दिने प्रकृयासँग जोडेर हेर्न चाहन्छन्।

तस्वीर कपीराइटGETTY IMAGESImage captionतपाईँको व्यक्तित्व र स्मार्टफोन बिचको सम्बन्ध पत्ता लगाउने यो पहिलो अध्ययन हो।

आइफोन प्रयोग गर्नेहरू एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा बढी समृद्ध हुँदैनन् भन्ने कुरा अध्ययनले देखाउँछ। तर आइफोन प्रयोगकर्ताहरू भने आफूले उपयोग गर्ने स्मार्टफोनलाई बढ्दो रूपमा आर्थिक हैसियत जनाउने बस्तु ‘स्टेटस अब्जेक्ट’ को रूपमा हेरिने कुरा बाट चिन्तित छन्।

शोधकर्ताहरूले आफ्नो अनुसन्धानलाई एक कदम अगाडि बढाउँदै एउटा कम्प्युटर प्रोग्राम बनाए जसले कस्ता व्यक्तिले कस्तो किसिमको स्मार्टफोन प्रयोग गर्छन् भन्ने अनुमान गर्न सक्छ। उक्त प्रोग्राम उनीहरूले गरेको अनुसन्धानको निष्कर्षको आधारमा तयार पारिएको हो।

”मानिसहरूलाई केही प्रश्न गरेपछि उनीहरूको खल्तीमा कुन फोन छ भन्ने कुरा करिब ७० प्रतिशतसम्म मिल्ने गरी अनुमान गर्न सक्ने सांख्यिकीय मोडल बनाउन हामी सफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख