२ भाद्र २०७९, बिहीबार

“म खुशी छु !” रहफ मोहम्मद अल-कुकुन

इस्लाम धर्म त्यागेर भागेकी साउदी किशोरीलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको छ । १८ वर्षीया साउदी किशोरी रहफ मोहम्मद अल–कुनन आफ्नो परिवारसँग कुवेत भ्रमणमा रहेका बेला अस्ट्रेलिया जानका लागि बैंककतर्फ लागेकि हुन। अस्ट्रेलियाले शरण दिन गरिएको सिफारिसमा प्रक्रिया थालेको समाचार सार्वजनिक भएपछि साउदी युवती रहफ मोहम्मद अल-कुकुनले आफू निकै खुशी भएको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल टि्वटरमा उनले ‘म खुसी छु’ भनेर लेखेकी छन्। इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै उनी भागेर चार दिनअघि थाईल्यान्ड पुगेकी थिइन्।शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी उनलाई ब्याङ्ककस्थित विमानस्थलमा नियन्त्रणमा लिइएको थियो।

“कसैलाई पनि आफ्नो पखेटा भाँच्न नदिनुहोस्…। सङ्घर्ष गर्नुहोस् र आफ्नो अधिकार लिनुहोस्,” उनले अर्को ट्वीटमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख