२ भाद्र २०७९, बिहीबार

आखिर किन बनाउदै छन् हलिउड फिल्मको रिमेक बलिउड स्टार आमिर खान

भारतीय सुपरस्टार तथा जनप्रिय अभिनेता आमिर खान यति बेला पुरानो हलिउड फिल्मको रिमेक तयारीमा जुटेका छन् । जुन फिल्ममा आमिरलाई दर्शकले फिट, स्लिम र युवा अवतारमा देख्नेछन् । त्यसैले आमिर खान अहिले उनको फिटनेस र स्ट्रिक्ट डाइट फलो गरिरहेका छन् ।

ओस्कार अवार्डको १२ विधामा मनोनयनमा परी ६ वटा विभिन्न विधामा ओस्कर अवार्ड जितेको फरेस्ट गम्पका अभिनेता टमलाई आमिरले कलाकारितामा आफ्नो गुरु समेत मान्ने गरेका छन् । आमिर टमबाट निकै प्रभावित भएको बताइन्छ । यो फिल्म लेखक विन्स्टन ग्रूमको सन् १९८६ मा प्रकाशित उपन्यासमा आधारित थियो । अभिनेता टम ह्यांक्सले यसै फिल्मबाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका थिए ।

खबरहरुका अनुसार अभिनेता आमिर खान सन् १९९४ को हलिउड क्लासिक फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक बनाउने तयारी गरिरहेका छन् । टम ह्यांक्सले अभिनित उक्त प्रसिद्ध हलिउड फिल्मको मुख्य भूमिकामा देखिनेछन् आमिर । आमिर खानका पूर्व म्यानेजर अद्वैत चन्दनले निर्देशन गर्नसक्ने बताइएको उक्त फिल्म राजनिति, इतिहास, खेल, युद्ध, प्रेम, पीडाको समिश्रण रहेको एक उत्कृष्ट कहानीमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख