२ भाद्र २०७९, बिहीबार

चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता सम्पन्न

विश्वका विभिन्न देशमा यस्ता प्रतियोगिताहरु पनि संचालन हुन्छन् जो पिरो खानको लागि खप्पिस छन् । यस्तै व्यक्तिहरुका लागि भन्दै हालै चीनको यिचुङ सहरमा चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता सम्पन्न भएको छ । यो प्रतियोगितामा पिरो खान मन पराउनेहरू भाग लिन चीनको हुनान र सिचुवान प्रान्तबाट समेत पुगेका पुग्ने गर्दछन् ।

उक्त प्रतियोगितामा २ डिग्री तापक्रमको पानीमा डुबुल्की मारेर सर्वाधिक पिरो खुर्सानी खानुपर्ने र एक मिनेटमा जसले बढी खुर्सानी खान्छ उही विजेता हुने नियम छ, जसमा यिचुङकै यी हुवान उपाधि हात पार्न सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख