१४ असार २०७९, मंगलबार

गड्डाचौकी नाका बन्द कन्चनपुरमा लकडाउन, कैलाली र डडेल्धुरामा बजार बन्द गर्न आब्हान

रोजेन्द्र जोशी, डोटी, सुदुरपश्चिम व्युरो । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण देखिन थाले संगै सुदुरपश्चिम प्रदेशको गड्डाचौकी नेपाल भारत सिमा अनिश्चीतकालका लागी बन्द गरिने भएको छ ।

चैत्र ११ गते देखी लागुहुने गरि कन्चनपुर जिल्ला प्रशासनमा बसेको बैठकले विभिन्न ७ बुदे निर्णयहरु गर्दै सिमाक्षेत्र नाका पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

आईतबार बसेको बैठकले ११ गते विहान ७ बजे देखी नाका बन्द गर्ने, चैत्र ९ गते राती १२ बजेदेखी कन्चनपुर लकडाउन गर्ने, संचारमाध्यममा भ्रमक समाचार सम्प्रेषण गर्नेलाई कानूनी कार्वाही गर्ने लगायतको ७ ओटा निर्णयहरु गरेको कन्चनपुर स्थानिय प्रशासनले जनाएको छ ।

त्यस्तै डडेल्धुरा उद्योग बाणिज्य संघले विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवाका पसल व्यापार व्यवसाय बाहेक सम्पुर्ण पसल व्यापारहरु बन्द गर्नका लागी आब्हान गरेको छ । कैलाली उद्योग बाणिज्य संघले पनि अत्यावध्यक व्यापार व्यवसायबाहेक सम्पुर्ण व्यापार व्यवसायहरु बन्द गर्न आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख