२ भाद्र २०७९, बिहीबार

लिभरपुललाई हराउँदै फेरि पनि उल्भरह्याम्पटन चौथो चरणमा प्रवेश

लिभरपुललाई दुई एक गोल अन्तरले हराउँदै उल्भरह्याम्प्टन इंग्लिस एफए कपको फुटबलको चौथो तहमा उक्लिएको छ ।
छैटौं मिनेटमा डेजान लोभरेन चोटग्रस्त बनेपछि नेदरल्याण्ड्सका१६ वर्षीय डिफेण्डर की जाना होभरलाई पनि डेब्यू गराइयो । जुन फुटबल क्लब इतिहासमै तेस्रो कम उमेरको डेब्यू हो ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले १७ वर्षीय मिडफिल्डर कर्टिस जोन्स र १८ वर्षीय राफायल कामाचोसमेतलाई समावेश गरी नियमित टोलीका ९ खेलाडी परिवर्तन गरेका थिए ।
एफए कपको पछिल्लो तीनमध्ये दुई सिजनमा लिभरपुल उल्भरह्याम्प्टनसँगै हारेर एफए कपबाट बाहिरिएको छ ।

खेलको ३८ अौँ मिनेटमा मिडफिल्डर जेम्स मिल्नरको गल्तीलाई उपयोग गर्दै राउल जेमिनेजले गोल गरी पहिलो हाफमा घरेलु टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफको छैटौं मिनेटमा पाहुना टोलीका लागि डिचभोक ओरिगीले बराबरी गोल फर्काएका थिए । लेन्डर डेन्कोन्करको पासमा गोलरक्षक जेन रुड्डीलाई बीट गरी उनले उत्कृष्ट गोल गरेका थिए ।

यद्यपि ५५औं मिनेटमा रुविन नेभिसले उत्कृष्ट गोल गरे । उनले ३१ यार्ड टाढाबाट गरेको प्रहार लिभरपुलका गोल रक्षक सिमोन मिग्नोलेटले पत्तो पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख