२ भाद्र २०७९, बिहीबार

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ अमेरिकाको कोलोराडोमा भब्यताका साथ सम्पन्न

पुस २४,काठमाडौ ,

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै भब्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न भयको थियो । उक्त अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् ।

यस्तै स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हात पारेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिली बिली गरी दुबै फिल्म सफल भएको थियो ।

सो अवार्ड समारोहमा चलचित्र पञ्चायतबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड निता ढुँगानाले चुमिन । उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी छिन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले सँयुक्त रुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को ब्यबसायिक फिल्म छक्का पञ्जा २ ले पाएको छ। यही चलचित्रका निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हाँसिल गर्नुभएको छ। यस्तै सह अभिनेताको अवार्ड पनि चलचित्र छक्का पञ्पजा २ बाटै जितु नेपालले प्राप्त गरे भने सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पनि छक्का पञ्जा २ कै केदार घिमिरे (माग्ने बुढा)ले हात पारे । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र छक्का पञ्जा २ बाटै पुरुषोत्तम प्रधानले हाँसिल गर्नु भयको थियो ।

कलाकार एवम् प्राविधिक बीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले जितिन् ।

संगीत तर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पल…ले हाँसिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे ।

सर्वोत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको काले दाई…बाट गायिका मिना निरौलाले हाँसिल गरिन् ।

हलिउडका निर्देशक कलाकार एभ क्रुजको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यस पटक ३५ औं संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक शुरेश दर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदरस्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताए ।

दिवँगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको श्री गजेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र श्री रामकेशर बोगटी स्मृति सम्मान २०१८बाट अभिनेता बिक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो ।

यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुँगानालाई सम्मानित गरियो ।

यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई र अभिनेत्री तर्फ सारँगा श्रेष्ठलाई, निर्माता तर्फ प्रेम पौडेल र वितरण तर्फ रायन रेजलाई प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती, हरि उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेश अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा), बिक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो ।

ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सँरक्षक अभिनेता शिब श्रेष्ठ हुन् ।

अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मधुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुँगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठीलगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए ।अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको अमेरिका स्थित आयोजक नवराज श्रेष्ठले गोर्खा आवाज डटकमलाई जानकारी गराउनु भएको थियो ।उक्त कार्यक्रम निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले संचालन गर्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख