२ भाद्र २०७९, बिहीबार

चालीस प्रकारका फल फलाउने एउटा विचित्रको रुख

कल्पना गर्नुहोस् त, एउटामात्र रुखले नै बगैंचाको काम गर्यो भने कस्तो रमाइलो होला ! अब यो कल्पना पनि यथार्थ बनिसकेको छ ।

एउटै रुखमा फरकफरक रितुमा फल्ने विभिन्न प्रकारका ४० थरी फल फल्दछन् । यस्तो पत्याउनै नसकिने विचित्र सत्य अमेरिकामा भएको होे । त्यहाँका एक प्रोफेसरले एउटा सदावहार फल दिने अद्भुत रुख तयार पारेका छन् ।

‘ट्री अफ फोर्टि’ नामले चिनिने यो रुखमा ४० प्रकारका फल फलाइएको छ । सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का ।
कल्पना गर्नुहोस् त, एउटामात्र रुखले नै बगैंचाको काम गर्यो भने कस्तो रमाइलो होला ! अब यो कल्पना पनि यथार्थ बनिसकेको छ ।

एउटै रुखमा फरकफरक रितुमा फल्ने विभिन्न प्रकारका ४० थरी फल फल्दछन् । यस्तो पत्याउनै नसकिने विचित्र सत्य अमेरिकामा भएको होे । त्यहाँका एक प्रोफेसरले एउटा सदावहार फल दिने अद्भुत रुख तयार पारेका छन् ।

‘ट्री अफ फोर्टि’ नामले चिनिने यो रुखमा ४० प्रकारका फल फलाइएको छ । सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक साम भान एकेनले यो रुख तयार पारेका हुन् जसको मूल्य झण्डै ३० लाख रुपैया पर्छ । प्राध्यापक साम भान एकेनले यो रुख तयार पारेका हुन् जसको मूल्य झण्डै ३० लाख रुपैया पर्छ ।

सन् २००८ मा न्युयोर्क स्टेट एग्रिकल्चरल एक्सपेरिमेन्टका क्रममा फरकफरकका झण्डै २ सय प्रकारका विरुवाहरु भएको एउटा संकटापन्न बगैँचा देखेपछि एकेनलाई यस्तो एउटै रुखबाट विभिन्न फल फलाउन सकिने विरुवा तयार गर्ने इच्छा जागेको थियो ।

उक्त बगैँचामा कैयन् प्राचीन तथा दुर्लभ प्रजातिका वनस्पती पनि थिए । उनले उक्त बगैँचलाई भाडामा लिए र फलफूलका बोटहरुको कलमी प्रविधि मार्फत ४० प्रकारका फल फल्ने एउटै रुख तयार पारे । उनले तयार पारेका यस्ता बहुफली रुखहरु अहिले अमेरिकाका विभिन्न ठाउँमा रोपिसकिएको छ, जुन रुखबाट विभिन्न रितुहरुमा फल्ने फरकफरक प्रकारका फलफूल फलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख