२ भाद्र २०७९, बिहीबार

प्रदेश प्रहरी प्रमुखद्वारा मेलम्ची आयोजनाको स्थलगत निरीक्षण

मेलम्ची, २ चैत, वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसँगै सुरक्षा चुनौतीबारे बुझ्नुभएको थियो ।

प्रदेशको लागुऔषध नियन्त्रण र कोरानाविरुद्ध सचेतना अभियानकै क्रममा आज उहाँले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारे विशेष चासोसमेत राख्नुभएको थियो । आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई. शेखर खनालले जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिनुभयो ।

प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत दाहालले आग्रह गर्नुभयो । सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफूहरुले देशकै महत्वपूर्ण आयोजना भएकाले गम्भीरताकापूर्वक निगरानीसहित सुरक्षा दिइरहेको जानकारी दिनुभयो । यसअघि उहाँले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेको बताउनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख