२ भाद्र २०७९, बिहीबार

कसरी चिन्ने सच्चा मित्र

सकारात्मक सोच्ने र इमान्दार मानिसको वरिपरि सधै सकारात्मक सोच राख्ने व्याक्तिहरु हुन्छन् र नकारात्मक सोच राख्ने मासिनहरुको भिड छुट्टै हुन्छ ।
कस्तो मानिसकोसंगत गर्नुभएको छ त्यसमा तपाईको भविश्य समेटिएको हुन्छ । त्यसकारण कस्ता मानिसहरुसँग बढी समय बिताउँदा आफूले चाहेको गन्तब्यमा पुग्न सकिन्छ, आफैले छुट्याउनु पर्दछ । नत्र साथीहरुलेनै विस्तारै बर्बाद गरिदिन्छन् ।

तपाई आफै छुट्याउनुहोस् कुन मानिसहरुसँग तपाई धेरैभन्दा धेरै समय बिताउँन र संगत गर्न चाहानुहुन्छ ।
समयमा आफ्ना असलमित्र को हुन ? चिन्न जरुरी हुन्छ । तपाईको सच्चा साथी हो भने खराब समयलाई पनि राम्रो बनाइदिन्छन् । नत्र साथीको भेषमा बर्बाद नै बनाएको हजारौँ उदाहरणहरु छन् । उनीहरुले दिएको सकारात्मक कुरालाई आफ्नो जिवनमा लागु गर्ने काम तपाई आफ्नो हो । आसपासका मानिसहरुले नै हामिलाई असल र उत्कृष्ट बनाउँछन् र आसपासका मानिसले बर्बाद बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख