२ भाद्र २०७९, बिहीबार

बंगलादेशमा सन्दीपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन

बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन्। कोमिला भिक्टोरियन्स विरुद्धको पहिलो खेलमा सन्दीपले ४ ओभरमा १६ रन हुंदा २ विकेट लिएका हुन्। उनले सोयव मलिकलाई १३ रनमा क्याच आउट गराएका थिए भने अनामुल हकलाई ५ रनमा बोल्ड आउट गरेका थिए।

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टोली सिलेट भने ४ विकेटले पराजित भएको छ। ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेपछि सन्दीपको टोलीले पहिलो हार व्यहोरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली सिलेटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोडेको थियो। सिलेटका पुरनले सर्वाधिक ४१ रन बनाए। १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको कोमिलाले उक्त लक्ष्य खेल सकिन एक बल अघि ६ विकेटको क्षतीमा भेट्टायो। सन्दीपकाे टाेली सिलेट डेभिड वार्नरको कप्तानीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख